Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकमा घरजग्गा व्यापार मन्दी, नेपाल लाइफ भने जग्गा किन्न तत्पर !

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १७ : २२ मा प्रकाशित

मुलुकमा घरजग्गा व्यापार मन्दी, नेपाल लाइफ भने जग्गा किन्न तत्पर !

अहिले मुलुकमा घरजग्गा व्यापारमा निकै मन्दी छाएको छ । घरजग्गा व्यापारीहरुले उक्त व्यावसाय छाडेर अन्यत्र लगानी गरिरहेका छन् । अहिले व्यापार नभएको भन्दै घरजग्गा व्यापारीहरुले सस्तो र अनुचीत मूल्यमा आफ्नो घर र जग्गा बेच्ने लागको जगजाहेर छ । 

त्यसैगरी अहिले दोहोर ब्याज दरका कारण बैंक तथा वित्तीय संस्थाको ब्याज दरको भार थाम्न असमर्थ ऋणीहरू तथा घरजग्गा व्यवसायीहरू घाटामै भएपनि घरजग्गा बिक्री गरेर पैसाको जोहो गर्नुपर्ने अवस्थामा पुगेका छन् । यही मौका छोपी नेपाल लाइफ इन्स्योरेन्स जग्गा किन्न तत्पर देखिएको छ । आन्तरिक बजारमा घरजग्गा व्यवसायमा मन्दी आएको फाइदा उठाउनका लागी नेपाल लाईफको सञ्चालक समितिले घरजग्गा खरिदलाई प्राथमिकता दिएको छ।

नेपाल लाइफले देशका मुख्या ११ वटा शहरहरुमा कार्यालय प्रयोजनका लागि भवन तथा जग्गा खरिद गर्नका लागि एक सूचना प्रकाशन गरेको छ । कम्पनीले हिजो आइतबार सूचना प्रकाशन गरी उक्त विषयको जानकारी दिएको हो । 

गत महिना पनि कम्पनीले काठमाडौँ महानगरपालिकाभित्र जग्गा खरिदका लागि सूचना प्रकाशन गरेको थियो । तर, यसपाली भने कम्पनीले देशको ११ वटा मुख्य शहरहरुमा कार्यालय प्रयोजनका लागि भवन र जग्गा खरद गर्न सर्वजनिक सूचना प्रकाशन गरेको छ । 

आइतबार प्रकाशन गरिएको सूचनामा कोशी प्रदेशको विराटनगर, इटहरी र बिर्तामोड, मधेश प्रदेशको वीरगंज, जनकपुर र बर्दिबास, बाग्मती प्रदेशको भरतपुर, हेटौंडा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगंज, कोहलपुर, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा कार्यालय प्रयोजनका लागी भवन वा जग्गा बिक्री गर्न इच्छुक व्यक्ति वा संस्थालाई २१ दिनभित्र प्रस्ताव पेश गर्न आह्वान गरिएको छ।

प्रस्तावित घरजग्गा कम्तीमा ८ मिटर चौडाई भएको मूल सडकमा जोडिएको हुनुपर्ने शर्त छ। बिक्रीकर्ताले बिक्री प्रस्तावसहित कम्पनीको केन्द्रीय कार्यालय, क्लासिक कम्प्लेक्समा, कमलादी काठमाडौंमा प्रस्ताव दिन भनेको छ।

साथै, घर जग्गाको कित्ता नं. स्पष्ट देखिने ब्लुप्रिन्ट नक्सा अनिवार्य रुपमा समावेश भएको हुनुपर्ने, घरजग्गाको स्थान खुल्ने नक्सा र सो नक्सामा जग्गाको सिमाना चिन्ह लगाई नक्सा पेश गर्न पर्नेछ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका सञ्चालकहरूको अनुरोधमा लगानी सम्बन्धि खुकुलो प्रावधान ल्याएपछि कार्यालय प्रयोजनका लागी घरजग्गा खरिद वा भवन निर्माण गर्नका लागी बीमा कम्पनीलाई सहज भएको छ । कम्पनीका अनुसार बीमा प्राधिकरणबाट जारी भएको निर्देशनको अधीनमा रही कार्यालय तथा व्यवसाय प्रयोजनको लागि घरजग्गा खरिद गर्न आवश्यक भएकाले घररजग्गा बिक्री गर्न इच्छुक व्याक्तिरसंघ संस्थाबाट बिक्री प्रस्ताव दिन आह्वान गरिएको छ।

तर, मुलुकमा आर्थिक र सामाजिक संकट छाएको बेला नेपाल लाइफको यो निर्णयले निकै आलोचना खेप्नु पर्ने हुन्छ । समग्र क्षेत्रमा पैसाको अभाव भइरहँदा नेपाल लाइफले घर जग्गा खरिद गर्न कम्तीमा ३३ करोड छुट्याउनु पर्ने हुन्छ । नेपाल लाइफले यती ठूलो रकम कहाँबाट ल्याएको भन्ने प्रश्न उब्जीएको छ । के त्यो रकम कम्पनीमा जम्मा गर्ने बिमित को हो ? कि कम्पनीले अन्यत्र लगानी गरेको रकमबाट जग्गा खरिद गर्न लागेको हो ? उक्त विषयमा संशय छ । 

विगत केहि समय देखि कम्पनीको छवी निकै खराब हुँदै गएको छ । उसले बिमितको रकमलाई अन्यत्र लगानी गरिहरहेको आरोप छ । अहिलेको जग्गा खरिदमा पनि बिमित कै रकम त लाग्ने हैन् भन्दै प्रश्न खडा भएको छ । यसो हेर्दा कम्पनीले प्रस्ताव गरेको ती मुख्य शहरहरुमा जग्गाको भाउ ३० लाखदेखी एक करोडसम्म पर्नेछ ।

न्यूनतम १० आनाको जग्गाका लागि आवश्यक मूल्यलाई आधार मान्ने हो भने कम्पनीले एउटा शाखा खोल्दा कम्तीमा ३ करोड बराबर रकम खर्चिनु पर्ने हुन्छ । ३ करोडले कम्पनीले प्रस्ताव गरेको ११ वटा शहरहरु कम्पनीले ३३ करोड लगानी गर्नुपर्ने हुन्छ ।

नेपाल लाइफले यस विषयलाई कसरी पुष्टि गर्छ हेर्न बाँकी छ । कम्पनीले आफ्नै स्वामित्वमा रहेको सिटीको जग्गालाई लिजमा दिएर मासिक लाखौँ अम्दनी गरिरहेको छ । के नेपाल लाइफले खरिद गर्न लागेको जग्गामा पनि त्यही त हुने होइन्? ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको