Like us!
Follow us!
Connect us!
Watch us!

ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, ११ : ४० मा प्रकाशित

ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । हिजो सोमबार तोलामा २०० ले घटेको सुनको मूल्य आज (मंगलबार) प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३५५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ घटेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको