Like us!
Follow us!
Connect us!
Watch us!

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, ०६ : ०६ मा प्रकाशित

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

दुई लघुवित्त कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कालिका लघुवित्त वित्तिय संस्था लिमिटेड र विजय लघुवित्त वित्तिय संस्थाका आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न पाउनेछन् ।

दुबै संस्थाले लाभांश तथा साधारणसभा प्रयोजनका लागि भोलि चैत्र १६ गते बुकक्लोज गर्ने निर्णय गरेका थिए त्यसैले आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन सक्नेछन् । 

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

संस्थाको १३ औँ बार्षिक साधारणसभा चैत्र २९ गते होटल टास्क इन्टरनेशन बुद्धचोक पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।


त्यस्तै विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

संस्थाको सञ्चालक समितीले गरेको निर्णय अनुसार संस्थाको १० औँ बार्षिक साधारणसभा चैत्र २८ गते विजय स्रोत केन्द्र गैँडाकोट नवलपरासीमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको