एमजी भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरीयन्टको एसयुभि एमजी जेड एसयुभीको लागि प्रि–बुकिङ खुल्ला गरेको छ ।
यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्रि क्षमता रहेको कम्पनीले जनाएको छ । आधा घण्टामै ८०% चार्ज हुने यसको ब्याट्रिले सिङल चार्जमै ३२० किमिको वाइड रेन्ज प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ । यस एसयुभिको ब्याट्रि लाइफ भने ८ वर्षको रहेको छ ।
सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, इएसपि, इएबि, एचडिसि, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ, डिएबि रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डि साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०-४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ ।
दुई वटा भेरीयन्टमा उपलब्ध यस एसयुभिको कम्फर्ट भेरियन्टको मुल्य रु.४८,४९,००० राखिएको छ भने डिलक्स भेरियन्ट्को मुल्य रु.५२,४९,००० राखिएको छ । वैशाखबाट उपभोक्ताहरुलाई डेलिभरी गर्न शुरु गरिने भनिएको यस एसयुभीलाई १ लाख डिपोजिट तिरेर प्रि–अर्डर अथवा बुक गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस