Like us!
Follow us!
Connect us!
Watch us!

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्सबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १५ : ३१ मा प्रकाशित

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्सबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

उक्त कार्यक्रममा मेगा क्यापिटल मार्केट्स लिमिटेडका मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरी राज पोखरेल र मर्चेन्ट बैकिङ्ग इन्चार्ज मनिषा दाहालको समेत उपस्थिति रहेको थियो ।

सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटल मार्केट्स लिमिटेड, साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको