Like us!
Follow us!
Connect us!
Watch us!

बीपीडब्लु लघुवित्तले डाक्यो साधारण सभा, सामुदायिकसँगको मर्ज मुख्य एजेण्डा

अर्थ संसार

बुधबार, १३ असार २०८०, १० : ५१ मा प्रकाशित

बीपीडब्लु लघुवित्तले डाक्यो साधारण सभा, सामुदायिकसँगको मर्ज मुख्य एजेण्डा

बीपीडब्लु लघुवित्त वित्तीय संस्थाले असार २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल ले बगैंचाको सभाहल जावलाखेल ललितपुरमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको हो  । 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । सर्वसाधारण सेयरधनीहरु मध्येबाट २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव हुनेछ । 

सभाले सामुदायिक लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ यस संस्थाले असार १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरिसकेको छ । तसर्थ, असार ११ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको