Like us!
Follow us!
Connect us!
Watch us!

बिपिडब्लु लघुवित्तले डाक्यो साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा

अर्थ संसार

सोमबार, ०४ असार २०८०, १० : ३७ मा प्रकाशित

बिपिडब्लु लघुवित्तले डाक्यो साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथों वार्षिक साधारण सभा डाकेको छ । सभा असार २६ गतेका लागि बोलाइएको हो ।

सभाले सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको मर्जरसम्बन्धि प्रस्ताव पारित गर्नेछ । सभाले सामुदायिक लघुवित्तसँगको मर्जरसम्बन्धि निर्णयलाई अनुमोदन गर्नेछ । मर्जरको अन्तिम सम्झौता गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

मर्जरको लागि नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रार कार्यलय र नेपाल धितोपत्र बोर्ड (सेबोन)को अनुमति लिने तथा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले असार १२ गतेदेखि बुकक्लोज गर्नेछ । यसर्थ असार ११ गतेसम्म कायम सेयरधनीहरुले साधारण सभामा भाग लिन पाउने छन् ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको