Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको बोनस सेयरधनीको डिम्याट खातामा जम्मा

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, ०७ : ३० मा प्रकाशित

नेको इन्स्योरेन्सको बोनस सेयरधनीको डिम्याट खातामा जम्मा

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले माघ २ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा जम्मा गरिदिएको हो । 
 
कम्पनीको माघ १५ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट १५ प्रतिशत बोनस सेयरर कर तिर्न नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको