Like us!
Follow us!
Connect us!
Watch us!

बन्दीपुर केवलकारको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, १० : १४ मा प्रकाशित

बन्दीपुर केवलकारको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको प्रति सेयर अंकित मूल्य रु. १०० (अक्षेरुपी एक सय रुपैया मात्र) दरका २५,८०,००० (अक्षेरुपी पच्चीस लाख असी हजार मात्र) कित्ता साधारण सेयर प्रचलीत कानून बमोजिम सार्वजनिक निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसार, काठमाण्डौमा हिजो आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट अध्यक्ष राम चन्द्र शर्माले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको