Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आकाश क्यापिटलको ‘प्रोफाइल’, ‘डिम्याट’ खाता खोल्ने सेवाहरू उपलब्ध गराइने

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, १७ : ३३ मा प्रकाशित

यस्तो छ आकाश क्यापिटलको ‘प्रोफाइल’, ‘डिम्याट’ खाता खोल्ने सेवाहरू उपलब्ध गराइने

आकाश क्यापिटल लिमिटेड कम्पनी एक मर्चेन्ट बैंकर हो । जसले पोर्टफोलियो व्यवस्थापन सेवा (पीएमएस) प्रदान गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा इजाजतपत्र प्राप्त गरेको छ । कम्पनीको दर्ता कार्यालय ललितपुरस्थित पुल्चोकमा रहेको छ।

कम्पनी ऐन २००६ अन्तर्गत मार्च १५, २०१६ मा स्थापित एक सीमित दायित्व सार्वजनिक कम्पनीको रुपमा आकाश क्यापिटल दर्ता भएको हो। आकाश क्यापिटलले ग्राहकलाई डीपी सम्बन्धी सेवा उपलब्ध गराउन सेबोनबाट इजाजतपत्र प्राप्त गरिसकेको छ । 

कम्पनीले आज अर्थात् ३१ मार्च २०२३ मा सीडीएस र क्लियरिङ लिमिटेडबाट अन्तिम स्वीकृति प्राप्त गरेको छ। आकाश क्यापिटलले अब ग्राहकहरूको लागि धितोपत्रको अभौतिकीकरण र इलेक्ट्रोनिक रूपमा धितोपत्रहरूको रेकर्ड राख्नेलगायत ‘डिम्याट’ खाता खोल्ने सेवाहरू पनि उपलब्ध गराउनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको