Like us!
Follow us!
Connect us!
Watch us!

मिटरब्याज पीडितमाथि फेरी अर्को धोकाधडी भयोः ठाकुरप्रसाद गैरे

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १४ : ०५ मा प्रकाशित

मिटरब्याज पीडितमाथि फेरी अर्को धोकाधडी भयोः ठाकुरप्रसाद गैरे

नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले मिटरब्याजीहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । आज आइतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो विरोध गरेका हुन् ।

उनले मिटरब्याजबाट पीडित नागरिकलाई अल्मल्याउने र पीडकलाई उन्मुक्ति दिने गरी सरकारले सो आयोग बनाउने निर्णय लिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

शुन्य समयमा बोल्दै उनले भने, ‘यो मिटरब्याजीबाट पीडित भएका नागरिकहरुमाथि फेरी अर्को धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्क्याएर फेरी अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अल्मल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनु पर्छ । र, तत्काल पीडकहरुले कारबाही पाउनु पर्छ । विशेष समयमा उठेका कुराहरुको सरकारका मन्त्रीले, प्रधानमन्त्रीले जवाफै दिन नपर्ने । के यो नियम अनुसार नै हामी चलिराखेका छौं रु सभामुख महोदय, यसको ध्यानाकर्षण गराउन चाहन्छु ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको