Like us!
Follow us!
Connect us!
Watch us!

५८५ मेगावाटको लाइसेन्स पायो चिलिमेले

विहीबार, ०५ असोज २०७४, ०९ : ३० मा प्रकाशित

५८५ मेगावाटको लाइसेन्स पायो चिलिमेले

अर्थ संसार, काठमाडौं– चिलिमे जलविद्युत् कम्पनीले ५ सय ८५ मेगावाट करनकका दुई जलविद्युत् आयोजनाको सर्भे अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।

कम्पनीले पाँच जलविद्युत् आयोजनाका लागि ऊर्जा मन्त्रालयमा आवेदन दिएकोमा मन्त्रालयले करिब ७५ अर्ब रुपैयाँको लागतमा बन्न लागेका ४ सय २० मेगावाटको बूढीगण्डकी प्रोक र १ सय ६५ मेगावाटको सेती नदी–३ को सर्भे लाइसेन्स दिएको छ ।

चिलिमे कम्पनीका प्रमुख कार्यकारी अधिकृत दामोदरभक्त श्रेष्ठले ऊर्जा मन्त्रालयले दुई जलविद्युत् आयोजनाको सर्भे लाइसेन्स दिएको पुष्टि गरे ।

“दुई जलविद्युत् आयोजनाका लागि अनुमतिपत्र पाएका छौं, जसमध्ये बूढीगण्डकी प्रोकको लागत करिब ५० अर्ब र सेतीनदीको २५ अर्ब रुपैयाँ रहेको छ,” श्रेष्ठले भने ।

नका अनुसार सहायक कम्पनी निर्माण गरेर निर्माण गरिने आयोजनामा चिमिलेको ३० देखि ४० प्रतिशतसम्म इक्वीटी (सेयर) पुँजी लगानी हुनेछ । यसको आधारमा दुई आयोजनामा मात्र चिलिमेले ८ अर्बभन्दा बढी लगानी गर्नेछ ।

चिलिमे जलविद्युत् कम्पनीले बूढीगण्डकी प्रोक र सेती नदीबाहेक २ सय ७० मेगावाटको बूढीगण्डकी स्यार तथा ४६ र ४८ मेगावाटका दुई दूधकोसी जलविद्युत् आयोजनाको सर्भे अनुमतिपत्रको लागि आवेदन दिएको छ ।

बूढीगण्डकी र सेतीनदी जलविद्युत् आयोजनाको दुई वर्षको अवधिको लागि सर्भे लाइसेन्स चिलिमे कम्पनीलाई दिइएको र अन्य प्रकृयामा रहेको विद्युत् विकास विभागका सूचना अधिकारी बाबुराज अधिकारीले जानकारी दिए ।

२२ बर्ष अघि २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना स्वदेशी लगानी निर्माण सुरु गरेर पूरा गरेको चिलिमे जलविद्युत् कम्पनीले १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी र ५७ मेगावाटको साञ्जेन गरी २ सय ७० मेगावाटका तीन आयोजना निर्माण गरिरहेको छ ।

निर्माणाधीन तीन आयोजना ५० अर्बभन्दा बढीको लगानीमा निर्माण हुन लागेकोमा स्वँपुजी (इक्वीटी) मात्र साढे १६ अर्ब रुपैयाँबराबर छ । कम्पनीले अहिले १ सय ११ मेगावाटको रसुवागढीको ६ अर्ब ८४ करोड इक्वीटीमध्ये ३३ प्रतिशत तथा १ सय २ मेगावाटको मध्यभोटेकोसीको ६ अर्ब र साढे ४२ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेनको ३ अर्ब ६५ करोड इक्वीटीमध्ये ३८ प्रतिशत लगानी गर्न लागेको छ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको