‘फोटन मोटर्स’को आधिकारिक डिलर एमएडब्लु वृद्धीले नयाँ वर्षको आकर्षक स्किम ल्याएको छ । आधिकारिक डिलर एमएडब्लु वृद्धीले टुनल्याण्ड पिकअप गाडीहरूको लागि नयाँ वर्षको आकर्षक स्किम ल्याएको हो ।
उक्त अफरले ग्राहकहरूलाई ९.९९ प्रतिशतको कम ब्याज दर र न्यूनतम १२ लाखको डाउन पेमेन्टमा टुनल्याण्ड पिकअप सवारी साधनको खरदि गर्ने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ । अफरमा ग्राहकहरुका लागि एक्सचेन्ज विकल्प पनि समावेश रहेको कम्पनीले जनाएको छ ।
टुनल्याण्ड पिकअप सवारी साधन एक बहुउपयोगी र भरपर्दो सवारी साधन हो, जुन व्यक्तिगत र व्यवसायिक प्रयोगको लागि उपयुक्त छ । यो नयाँ वर्षको अफरसँगै, ग्राहकहरूले अब अधिकतम कम मूल्यमा टुनल्याण्ड पिकअप गाडी खरिद गर्न सकिनेछ ।यस अफरको फाइदा लिन ग्राहकहरूले एमएडब्लु वृद्धीको कुनै पनि शोरुममा गएर प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस