Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर प्रस्ताव पारित गर्न धौलागिरी र खप्तड लघुवित्तले डाक्यो साधारण सभा

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, ११ : १९ मा प्रकाशित

मर्जर प्रस्ताव पारित गर्न धौलागिरी र खप्तड लघुवित्तले डाक्यो साधारण सभा

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारितका लागि आगामी वैशाख १६ गते वार्षिक साधारण सभा बोलाएका छन् । कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको ८१ बैठकले आगामी वैशाख १६ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।  यी दुई कम्पनीबीच गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेको थियो ।

प्रारम्भिक सम्झौताअनुसार मर्जर पश्चात् बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त वित्तीय संस्था रहने सहमति भएको छ । दुबै कम्पनीले सभामार्फत् मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछन् ।

खप्तड लघुवित्तले होटल नमस्ते, अत्तरीयमा विहान १० बजे सभा गर्ने भएको हो भने धौलागिरी लघुवित्तले भने धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बाग्लुङमा विहान १० बजे सभा गर्ने भएको हो ।

मर्जर प्रस्तावसँगै दुबै कम्पनीहरूले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचत समेत सभाले गर्नेछ । साथै गत आर्थिक वर्ष ०७८र७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू समेत सभाले पारित गर्नेछ ।

यी दुवै कम्पनीले हालै मात्र सर्वसाधारणमा आईपीओ निष्कासन गरेका हुन । धौलागिरी लघुवित्तले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको