Like us!
Follow us!
Connect us!
Watch us!

के हो वित्तीय प्रणाली? यस्को आवश्यकता किन ?

अर्थ संसार

शुक्रबार, २४ चैत्र २०७९, १३ : २५ मा प्रकाशित

के हो वित्तीय प्रणाली? यस्को आवश्यकता किन ?

अर्थतन्त्रलाई गतिशील बनाउन संकलित पूँजी निर्माणलाई आवश्यक परेको क्षेत्रहरुमा प्रवाह गर्ने वित्तीय संस्था, वित्तीय उपकरण र वित्तीय मध्यस्थताको सामूहिक स्वरूप समग्र वित्तीय प्रणालीको रूप हो ।

 वित्तीय साधनको परिचालन र उपयोग गर्ने कार्यमा संलग्न व्यक्ति, संस्था र संयन्त्र सरोकारवाला पक्षहरुलाई सु–व्यवस्थित सञ्चालन र व्यवस्थापन गर्न आवश्यक कानुनी र नियमनकारी निकायको व्यवस्थासमेतलाई वित्तीय प्रणाली भनिन्छ ।

यस्ता तत्वमा वित्तीय संस्था, वित्तीय बजार, वित्तीय उपकरण, बचतकर्ता, ऋणी, बिमा क्षेत्र तथा नियमनकारी निकायहरू वित्तीय प्रणालीमा पर्दछन्, जसले समाजमा छरिएर रहेको बचत तथा पुँजीलाई एकत्रित गरी आवश्यक उत्पादनशील क्षेत्रमा प्रवाह गर्न तथा परिचालन गर्न महत्वपूर्ण भूमिका खेल्दछ । 

वित्तीय प्रणाली हरेक मुलुककालागि आवश्यक पर्ने प्रणाली हो । राष्ट्रको उद्योग व्यवसायको विकास, आधुनिकीकरणका अतिरिक्त रोजगारीको सृजना गरी अर्थतन्त्रलाई चलायमान राख्न उक्त प्रणाली आवश्यक रहन्छ । यी तत्वले राज्यको प्रचलित नियम–कानुनअनुसार नियमनकारी निकायको अधीनमा रही आफ्ना गतिविधि सञ्चालन गर्दछन ।-Photo Source: Agency 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको