Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ ब्रोकर लाइसेन्सको बाटो खुल्यो, सर्वोच्चद्वारा रिट खारेज

अर्थ संसार

आइतबार, २६ चैत्र २०७९, १६ : २६ मा प्रकाशित

नयाँ ब्रोकर लाइसेन्सको बाटो खुल्यो, सर्वोच्चद्वारा रिट खारेज

नयाँ स्टक एक्सचेन्ज तथा ब्रोकर लाइसेन्स विरुद्ध सर्वोच्चमा परेको रिट खारेज भएको छ। यसअघि स्टक एक्सचेन्ज र ब्रोकरको लाइसेन्स दिन धितोपत्र बोर्डले गरेको नियमावली संशोधन नै गैर कानुनी भएको भन्दै परेको रिट पनि सर्वोच्चले खारेज गरिदिएको थियो। 

गत बिहिबारका दिन नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स बितरण सम्बन्धि मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो। 

अधिवक्ता दिपक विक्रम मिश्रले अधितोपत्र बोर्डले सुरु गरेको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै कार्तिक ४ गते न्यायधीश तिल प्रसाद श्रेष्ठको एकल इजलाशले  नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। त्यस्तै कार्तिक २९ गते निर्णय फाइल झिकाउने आदेश भएको थियो भने पुस ५ गते पूर्ण सुनुवाईका लागी पेश गर्ने र अग्राधिकार दिने आदेश भएको थियो ।  फागुन १५ गते  संवैधानिक इजलाशमा यसै सम्बन्धी परेको मुद्दाको आदेशको मिसिल झिकाएर अर्को सुनुवाईको लागि पेश गर्नको लागि अदालतले आदेश दिएको थियो ।

आज सर्वोच्च अदालतले लाइसेन्स वितरण गर्ने प्रक्रिया रोक्न माग गर्दै परेको रिट खारेज गरेक हो ।  आज न्यायधिशद्वय अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलाशले रिट खारेजीको आदेश दिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको