Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईँ अडियो प्रकरण– सत्य तथ्य छानविन गरि दोषीलाई राज्यले कारवाही गर

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, १३ : ०१ मा प्रकाशित

दुर्गा प्रसाईँ अडियो प्रकरण– सत्य तथ्य छानविन गरि दोषीलाई राज्यले कारवाही गर

हिजो (बिहिबार) राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद् ढाका कुमार श्रेष्ठ र विवादीत व्यावसायी दुर्गा प्रसाईँबीचको एक अडियो सार्वजनिक भयो । त्यस अडियोमा मन्त्री बन्न पैसा चाहिएको भन्दै व्यावसायी दुर्गा प्रसाईासँग रास्वपाका सांसद् श्रेष्ठले ‘डिल’ गरिरहेको सुनिन्छ । उक्त विषयले नेपाली राजनितिमा नयाँ तरङ्ग ल्यायो । 

‘कपुरबोट डटकम’ले सार्वजनिक गरेको अडियोमा सांसद ढकालले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको बताए । ३ माघमा मन्त्रिपरिषद् विस्तार हुनुअघि भएको यो सम्वादमा सांसद ढाकाकुमार श्रेष्ठले भनेका छन्, ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर  भन्ने अडियोको कुरालाई तत्काल छनविन गरि दोषीलाई राज्यले कारवाही गनुपर्ने आवस्यकता छ ।

उनले मेडिकल व्यवसायी प्रसाईंलाई रकम दिए आफूले मिलेर काम गर्ने समेत बताएका थिए । ह्वाट्सएपमा भनिएको संवादमा व्यवसायी प्रसाईंले पनि २ करोड सहयोग गर्ने, तर त्यसका लागि केही समय लाग्ने बताएको अडियो रेर्कर्ड विभिन्न मिडिया सुन्न सकिन्छ भने केहि मिडियामा ढाका कुमार स्वयंले उक्त अडियोलाई आफ्नो नभएको दाबी गरि विज्ञप्ति समेत निकालृको पाइएकोले यसखाले भनाईले एक पक्षले अडियो रेर्कर्ड सहि हो भन्ने र अर्को पक्षले आफ्नो हैन भन्ने भनिरहेको पाइकोले यसखाले विवादास्पद भनाईहरुलाई सहि के हो भन्नका लागि सत्य तथ्य छानविन गर्नुपर्ने हुन्छ । अतः तत्कालै छानविन गरि दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउन पर्ने आवश्यकता देखिन्छ । नत्र जसले जे गरेपनि हुने परिस्थितीको निर्माण हुँदै जाने हुनसक्छ । 

कारवाहीमा परेका सांसद् श्रेष्ठको सचिवालयले उक्त विषयको खण्डन र अनलाइन मिडियाले संसाद्प्रति दुषप्रचार गरेको भन्दै हिजो राती एक विज्ञप्ति जारी गर्यो । सचिवालयले जारी गरेको विज्ञप्तिमा योजनाबद्ध रूपमा सांसद श्रेष्ठविरुद्ध षड्यन्त्र गरिएको बताइएको छ । सांसद श्रेष्ठको सचिवालयले आवाज सम्पादन गरेर नियोजित रूपमा श्रेष्ठविरुद्ध षड्यन्त्र गरिएको दाबी गरेको भएतापनि यस एक पक्षी भनाईको कुनै अर्थ छैन् । यसको सत्थ तथ्य छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने । र, निश्पक्ष र प्रभावकारी ढंगले अगाडी बढ्यो भने राज्यका जनतालाई समेत मुलुकमा सरकार जीवित रहेको आभाष हुन्छ । 

आफ्नो बचावका लागि मिडियालाई दोषी ठहराउनु भन्दा पनि यस विषयमा संलग्न दुवै पक्षलाई कानुनी दायरामा ल्याइ सरकार पक्षले गम्भीर रुपमा छानविन प्रक्रिया थाल्नुपर्ने आवश्यक छ । यदि कसैको उक्साहटमा उक्त अडियोलाई अडिट गरि सार्वजनिक गरेको रहेछ भने दाषीलाई कारवाही गर्नुपर्ने जरुरी हुनसक्छ । माननिय पदमा स्थापित व्यक्तिको व्यक्तित्वमा नै आँच आएकोमा यसलाई राज्य पक्षले उचित छानविन गरि दोषीलाई कारवाही गर्नपर्ने हुन्छ । यसलाई अन्यौलमै राखियो भने जनतालाई कानुन नै नरहेको सन्देश जानसक्छ ।   

रवि लामिछाने नेतृत्वको पार्टी (रास्वपा) अहिले उदायमान शक्तिको रुपमा देखिएको छ । तर, हिजो सार्वजनिक भएको अडियो टेपले उनको पार्टी र सांसद् समेतको नैतिकतामाथि नै सवत्र प्रश्न उठिरहेको छ । कानुनी दायरामा ल्याइ मात्र यसलाई टुङ्ग्याउनु पर्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको