Like us!
Follow us!
Connect us!
Watch us!

रविले आज आफ्नै पाटीका सांसद् ढाकाकुमारसँग बयान लिँदै

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, १४ : ३७ मा प्रकाशित

रविले आज आफ्नै पाटीका सांसद् ढाकाकुमारसँग बयान लिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीका सांसद्‍ ढाकाकुमार श्रेष्ठको बयान लिने भएको छ। आज (मंगलबार) रास्वपाको केन्द्रीय कार्यालय बसुन्धारामा पार्टीको अनुशासन समितिले सांसद श्रेष्ठको बयान लिने भएको हो।

विवादीत व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि दुई करोड पैसा मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठ आलोचित भएका थिए। उक्त प्रकरणमा पार्टीले उनलाई निलम्बन गर्नुका साथै २४ घन्टे स्पष्टीकरणसमेत सोधेको थियो।

पार्टीले सोधेको २४ घन्टे स्पष्टीकरणको समय सकिएपछि मात्र जवाफ दिएका श्रेष्ठले उक्त अडियो सम्पादन गरिएको जवाफ दिएका थिए। सोही विषयमा थप अनुसन्धानका लागि अनुशासन समितिले उनलाई बयानका लागि आज पार्टी कार्यालय बोलाएको हो। बयानपछि समितिले पार्टीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको