नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले अर्थतन्त्रमा देखिएको समस्यालाई सुधार गर्न दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन् ।
मुलुकको वर्तमान अर्थतन्त्र परम्परावाद र आधुनिकतावाद बीचको संक्रमणबाट गुज्रिएको उनले टिप्पणी गरे ।
कपिलवस्तुको चन्द्रौटामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुसँग भेट गर्दै अध्यक्ष डा.भट्टराईले पछिल्लो समय कृषितन्त्र भत्किँदै आयातमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको बताए ।
केही समयअघि उद्योगमा समस्या आएको र अहिले कृषिमा समस्या सिर्जना भएकाले यसलाई सुधार्न सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने डा.भट्टराईको सुझाव छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस