Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि वृहत राष्ट्रिय विमर्स गर्न आवश्यक छः वरिष्ठ उपाध्यक्ष ढकाल

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, १४ : १३ मा प्रकाशित

अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि वृहत राष्ट्रिय विमर्स गर्न आवश्यक छः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अर्थतन्त्रको संकट समाधानका लागि वृहत राष्ट्रिय विमर्सको आवश्यकता रहेको बताएका छन्।

आज (मंगलबार) महासंघको ५७ औँ वार्षिक साधारणसभामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारसँग यस्तो प्रस्ताव राखेका हुन्। उनले अहिलेको अवस्था झन् जटिल नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्ने बताए।

सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्स गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने उनको भनाइ छ।

वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको भन्दै सबै सरोकारहरुले समयमा नै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो नहुने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको