अर्थ संसार
काठमाडौं–काठमाडौंको गोठाटार–११ स्थित लियो क्लब अफ काठमाडौं पूmलबारीले देउसी भैलोबाट जम्मा गरेको रकमले शनिबार सडक बालबालिकालाई खाना खुवाएको छ ।
उनीहरुलाई जाडोमा आवश्यक सामाग्रीसमेत हस्तातरण गरेको बाल सेवा आश्रमका परियोजना संयोजक ताराप्रसाद गुरागाईले जानकारी दिए । शनिबारको छुट्टी बालबालिकासँग बिताउन पाउँदा आनन्दित भएको क्लबका सदस्यहरु बताउँछन् ।
सहयोग पाउँदा बालबालिकाले अभिभावक पाएको महसुस गरेका थिए । क्लबकी अध्यक्ष लियो अप्सरा पराजुलीले आफ्नो सानो सहयोगले बालबालिकाको मुहारमा आएको खशीले अझै केही गर्ने प्रेरणा मिलेको बताइन् । आगामी दिनमा पनि फूलबारीले बालबालिकासँग खुशीका पलहरु बिताउने प्रतिबद्धता व्यक्त गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस