Like us!
Follow us!
Connect us!
Watch us!

नेश्नल माइक्रो फाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, १२ : ०० मा प्रकाशित

नेश्नल माइक्रो फाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

नेश्नल माइक्रो फाइनान्स लघुवित्त वीत्तीय संस्था लिमिटेडले बैशाख १५ गते आफ्नो नवौँ साधारण सभा बोलाएको छ । कम्पनीको चैत १२ गते बसेको सञ्चालक समितिको १४४औँ बैठकले साधारण सभा बोलाएको हो । 

संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

संस्थाले साधारणसभा प्रयोजनको लागि बैशाख ४ गतेदेखि बैशाख १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको