Like us!
Follow us!
Connect us!
Watch us!

अन्य तरकारीको भन्दा मिठोसँगै फाइदा पनि, कुरिलो खेतीबाट मनग्य आम्दानी

अर्थ संसार

शनिबार, ०२ बैशाख २०८०, ०९ : २१ मा प्रकाशित

अन्य तरकारीको भन्दा मिठोसँगै फाइदा पनि, कुरिलो खेतीबाट मनग्य आम्दानी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करिब डेड बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आएका छन् ।

बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आउनुभएका मोक्तानले विगत दुई वर्षदेखि कुरिलो खेती गर्न थालेको बताउछन् । अन्य खेतीमा भन्दा भौगोलिक वातावरण तथा माटोको हिसाबले पनि कुरिलो खेती उपयुक्त हुने देखेपछि यसतर्फ आकर्षित भएको मोक्तानले बताए ।  

पछिल्लो समयमा नवलपुरलाई कुरिलो खेतीको केन्द्र बनाउने सोचसहित आफू त्यसतर्फ लागि परेको उहाँले बताउनुभयो । “कुरिलोको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा यसको माग काठमाडाँैलगायत शहरी क्षेत्रमा बढी रहेको छ”, उनले  भने । 

उनले आफूले जस्तै अरूलाई पनि खेती गर्न आग्रह गर्ने गर्नुभएको छ । यस फार्मबाट नौ जनाले रोजगारी पाएका छन् । कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीबाट थोरै नाफा लिँदै यसको बजारीकरणमा लागेको मोक्तानले बताए । भिन्न सोचका साथ यसको आयुर्वेदिक फाइदा र महत्व बुझाउँदै स्थानीय क्षेत्रमा नै बजारीकरण गर्दै अहिले अन्य मानिसलाई रोजगारी समेत दिन सफल भएको उनले बताए । 

सुरुमा थोरै जमिनमा कुरिलो रोप्नु भएका मोक्तानले अब क्षेत्र विस्तार गर्न लागेको बताए । “बिरुवा रोपेको चार पाँच महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुन्छ”,उनले भने  । उनी भन्छन , “अहिले बारीबाट नै प्रतिकेजी रु चार सयका दरले बिक्री गर्दै आएको छु ।” कुरिलो तरकारीको रुपमा प्रयोग गरिन्छ । यसको स्वाद अन्य तरकारीको भन्दा मिठोसँगै फाइदा पनि उत्तिकै छ । कुरिलो खादा रोग प्रतिरोधात्मक क्षमता बढाउने हँु]दा यसको माग बढ्दै गएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको