नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २३ गतेका लागि ७ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको हो ।
साधारणसभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि शुरू हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षककको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्नेछ ।
त्यसैगरी सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । यस बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरिसकेको छ । यद्यपि यो प्रस्ताव सभाका लागि समावेश भने गरिएको छैन ।
साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस