Like us!
Follow us!
Connect us!
Watch us!

मुग्लिनमा धर्ना बस्नेका लघुवित्त पीडित र प्रहरीबीच झडप, पीडितमाथि अश्रुग्याँस प्रहार

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, १३ : ४२ मा प्रकाशित

मुग्लिनमा धर्ना बस्नेका लघुवित्त पीडित र प्रहरीबीच झडप, पीडितमाथि अश्रुग्याँस प्रहार

लघुवित्त पीडितहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । २४ घण्टादेखि राजमार्ग छेकेर मुग्लिनमा धर्ना बसेका लघुवित्त पीडितहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

प्रदर्शनकारी तितरवितर गराउन दुईसेल अश्रुग्याँस प्रहार गरेको जनाइएको छ। प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि अश्रुग्याँस प्रहार गरिएको थियो । 

पृथ्वीराजमार्ग छेकेर प्रदर्शन गरिरहेका कारण मुग्लिनहुँदै काठमाडौं,पोखरा,चितवन जाने यात्रुहरू मर्कामा परेका छन् । विगत केहि दिन देखि लघुवित्त पिडित आफ्ना मागका लागि निरन्तर सरोकारवालाहरुसँग छलफल गरिरहेका छन् । वार्ता भएपनि उनीहरुको समाधान हुनसकेको छैन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको