Like us!
Follow us!
Connect us!
Watch us!

मिटरब्याज पीडितलाई न्याय दिएरै छाड्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

अर्थ संसार

मंगलबार, ०५ बैशाख २०८०, १५ : ४९ मा प्रकाशित

मिटरब्याज पीडितलाई न्याय दिएरै छाड्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिएरै छाड्ने बताएका छन्। आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।  उनले पीडितहरूलाई न्याय दिन सरकार दृढतापूर्वक अगाडि बढिसकेको सुनाए।

उनले पीडितलाई न्याय दिन कानुन संशोधनका कुरा र आयोगमार्फत् यथार्थ विवरण संकलन गर्ने बताए। ‘मिटरब्याज पीडितलाई न्याय दिन हामी प्रतिबद्ध छौं। उहाँहरूको मागप्रति हामी सकारात्मक छौं। उहाँहरूले न्याय पाउनुपर्छ भनेरै विभिन्न पहलकदमी अगाडि बढाएका छौं,’ उनले भने।

उनले मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कानुन संशोधन गरी निर्माण पक्रिया अगाडि बढाएको बताए। उनले सरकारले गठन गरेको आयोग प्रतिवेदनमात्र बनाउन नबनेको प्रस्ट पारे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको