Like us!
Follow us!
Connect us!
Watch us!

‘अर्थ र गृहको विभाग विमानस्थलमा हुन्छ, ती दुई मन्त्रालयका मन्त्रीले राजीनामा दिएर बाटो खुल्ला गर्नुपर्छ’

अर्थ संसार

शुक्रबार, ०५ साउन २०८०, १४ : ०१ मा प्रकाशित

‘अर्थ र गृहको विभाग विमानस्थलमा हुन्छ, ती दुई मन्त्रालयका मन्त्रीले राजीनामा दिएर बाटो खुल्ला गर्नुपर्छ’

नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले सय किलो सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले अनुसन्धानलाई प्रभावकारी बनाउन राजीनामा दिनुपर्ने माग गरेका छन् । 

आज (शुक्रबार) सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिमा बोल्दै कांग्रेस सांसद शर्माले विमानस्थलमा गृह र अर्थको विभाग हुने भएकाले गृह र अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।

‘क्वीन्टल सुन छिर्दा अनुसन्धान गर्न रिजाइन गर्नुपर्छ कि पर्दैन ? अर्थ र गृहको विभाग विमानस्थलमा हुन्छ । दुई मन्त्रीले राजीनामा दिएर बाटो खुल्ला गर्नुपर्छ ।’ कांग्रेस सांसद सुनिलकुमार शर्माले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको