Like us!
Follow us!
Connect us!
Watch us!

ठूला, साना जो भएपनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँँ– गृहमन्त्री श्रेष्ठ

अर्थ संसार

मंगलबार, ०९ साउन २०८०, १३ : ५५ मा प्रकाशित

ठूला, साना जो भएपनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँँ– गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् ।

आज (मङ्गलबार) गोरखा पुगेका श्रेष्ठले पत्रकारसँगको कुराकानीमा अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए। उनले भने, ‘ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ।’

तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनुसन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे। ‘जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु । दोषीलाई कुनै पनि हालतमा उम्कन दिइदैन,’ श्रेष्ठले भने ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको