Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाले गृहमन्त्रीको राजीनामा नमाग्ने

अर्थ संसार

बुधबार, १० साउन २०८०, १४ : ५६ मा प्रकाशित

रास्वपाले गृहमन्त्रीको राजीनामा नमाग्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवैध रुपमा भित्रिएको १०० किलो सुन तस्करीको सन्दर्भलाई लिएर संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको छ । नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै प्रस्ताव दर्ता गरिएको हो ।

रास्वपा सभापति रवि लामिछानेलगायत सांसदहरूले हस्ताक्षर गरेको प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने बताइएको छ । प्रस्ताव दर्ता गराइएपछि गृहमन्त्री नारायण काजी श्रेष्ठको राजीनामा माग नगर्ने सांसद निशा डाँगीले बताइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको