Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्री श्रेष्ठकै मातहतमा सुन तस्करी भयो, उहाँ कुर्सीमा बस्न योग्य हुनुहुन्न– पदम गिरी

अर्थ संसार

बुधबार, १० साउन २०८०, १५ : ५८ मा प्रकाशित

गृहमन्त्री श्रेष्ठकै मातहतमा सुन तस्करी भयो, उहाँ कुर्सीमा बस्न योग्य हुनुहुन्न– पदम गिरी

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठकै मातहतमा सुन तस्करी भएको आरोप लगाएका छन् । 

बुधबार संसद्लाई सम्बोधन गर्दै उनले गृहमन्त्रीले नै सुन तस्करीको संरक्षण गरेको बताउँदै नारायण्काजी श्रेष्ठलाई अब मन्त्रीको कुर्सीमा बस्न नसुहाउँने बताएका हुन् ।

संसद्लाई सम्बोधन गर्दै उनले भने, ‘गृहमन्त्री कुनै पनि दृष्टिकोणले गृहमन्त्रीको कुर्सीमा बस्न योग्य हुनुहुन्न । लायक हुनुहुन्न । उहाँको मातहतमा सुन तस्करी भएर राजश्व छली हु्ँदाखेरी गृहमन्त्री हुँ भनेर उहाँले जुन प्रकारले स्टन्टबाजी गर्दै हुुनुहुन्छ । म कारबाही गर्छु भन्दै हिड्नु हु्न्छ । अब तपाईँ कुन नैतिकताको धरातलमा पदमा बस्न सुहाउँछ ?।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको