युनियन लाइफ इन्स्योरेन्सको आज अर्थात वैशाख ६ गते विशेष साधारणसभा बस्दै छ। कम्पनीको मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले आज विशेष साधारण सभा बोलाएको हो ।
युनियन लाइफ कम्पनीको सञ्चालक समितिकको चैत १९ गते बसेको बैठकले आज अर्थात वैशाख ६ गते टाइगर प्यालेस भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजेसभा बोलाएको छ।
यस विशेष सभाले युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । तीन कम्पनीबीच एक आपसमा गाभिए पश्चात बन्ने " हिमालयन लाइफ इन्स्योरेन्स"को नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
चल अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा तीन वटै कम्पनीको शेयर अनुपात १ः१ः१ कायम गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
तीन कम्पनी गाभिए पश्चात बन्ने नया कम्पनीको केन्द्रिय कार्यालय काठमाडौ महानगरपालिका वडा नं १ मा रहेनेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २७ गते एक दिनको लागि बुक क्लोज गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस