छ्याङ्दी हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तालाई वैशाख २८ गते स्वीकृति प्रदान गर्ने भएको छ । वैशाख ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा विहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८र७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई समेत टुङ्ग्याउनेछ ।
साथै सञ्चालन समितिको निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णलाई रद्द गरी शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णयलाई स्वीकृति दिनेछ । यस अघि कम्पनीले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव २०७८ साल पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू ३८ करोड ६९ लाख ५५ हजार ५०० रहेको छ । कम्पनीको प्रस्तावित हकप्रद सेयर बिक्री गर्न अनुमति पाएमा चुक्तापूँजी रू ७७ करोड ३९ लाख ११ हजार पुग्नेछ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले रू। ५ करोड २६ लाखभन्दा बढीको विद्युत बिक्री गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस