Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने घट्यो

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १३ : ४६ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने घट्यो

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको प्रकाशित विवरण अनुसार खुद नाफामा वृद्धि भएको छ ।

सार्वजनिक विवरण अनुसार आर्थिक वर्षको चैत्र मसान्तसम्म लघुवित्तको १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा रहेको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा १६ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको थियो । उक्त नाफा १७.१२ प्रतिशतले बढेको हो ।  

समीक्षा अवधिमा लघुवित्तको नाफासँगै खुद ब्याज आम्दानी ३.४२ प्रतिशतले वृद्धि भएको छ भने लघुवित्तको कुल सञ्चालन आम्दानी भने १७.७५ प्रतिशतले घटेको छ । यस लघुवित्तको कर्जा लगानी र सापटि रकम दुवै घटेको छ । खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेकाले खुद नाफा बढेको देखिन्छ । 

त्यस्तै, चालु अर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ३५ लाखबाट घटेर १ करोड ५८ लाखमा सिमित भएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ‘ईपीएस’ ३७ पैसाले घटेर २२ रुपैयाँ ६० पैसा कायम भएको छ । यो अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १ सय ३७ रुपैयाँ ७३ पैसा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको