Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश र मर्जरको प्रस्तावसहित फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?

अर्थ संसार

बुधबार, १२ मंसिर २०८१, १३ : ५२ मा प्रकाशित

लाभांश र मर्जरको प्रस्तावसहित फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

लघुवित्तले पुस ११ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर २३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २२ गतेसम्म  कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीको सभामा पेश हुने प्रस्ताव :

१) आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण ( वासलात) तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।

३) सञ्चालक समितिवाट प्रस्ताव गरिएको यस संस्थाको चुक्ता पूँजीको ०.४७ प्रतिशतले हुने नगद लाभांश (कर प्रयोजनको लागी) रु. ५८, ४४, ४४१ (अक्षरेपि अन्ठाउन्न लाख चौवालीस हजार चार सय एकचालीस मात्र ) पारित गर्ने ।

४) कम्पनीको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५) सर्वसाधारण शेयरधनी (समुह ‘ख’ ) को तर्फवाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने ।

६) संचालक समितिबाट प्रस्ताव गरे अनुसार यस संस्थाको चुक्ता पूँजीको ९.०० प्रतिशतले हुने ११, १०, ४४, ४२१ (अक्षरेपि एघार करोड दश लाख चौवालीस हजार चार सय एक्काईस मात्र ) । बरावरको बोनस सेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

७) कम्पनीको अधिकृत पूँजी रु. १,२३,३८,२६,९०२ (अक्षरेपी एक अर्ब तेईस करोड अठतिस लाख छब्विस हजार नौ सय दुई) बाट बृद्धि गरी रु.२००,००,००,००० (अक्षरेपी दुई अर्ब), जारी तथा चुक्ता पूँजी रु. १,२३,३८,२६,९०२ (अक्षरेपी एक अर्ब तेईस करोड अठतिस लाख छब्बिस हजार नौ सय दुई) बाट बृद्धि गरी रु. १,३४,४८,७१,३२३ (अक्षरेपी एक अर्ब चौतिस करोड अडचालीस लाख एकहत्तर हजार तिन सय तेईस ) पुयाउने ।

८) उपरोक्त प्रस्तावहरु बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने तथा सोही सम्बन्धमा नियमनकारी निकायबाट भएको निर्देशनलाई समेत समावेश गरी संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

९) फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र अन्य कुनै लघुवित्त वित्तीय संस्था गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) आवश्यक भएको अवस्थामा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) कार्य सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

१०) सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको