Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

अर्थ संसार

मंगलबार, १३ कार्तिक २०८१, १२ : ५६ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ हजार ३०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।     

उक्त सेयर जो–कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले खरीद गर्न पाउँछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ ।

इच्छुक खरीदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी आवेदन दिनु पर्नेछ । आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक खरीदकर्ताले आफूले खरीद गर्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई आज कात्तिक १३ गतेदेखि २७ गतेभित्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडमा बुझाउनु पर्नेछ । उक्त अवधिभित्र प्राप्त बोलपत्रहरू कात्तिक २८ गते बिहान ११ बजे मुक्तिनाथ क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको