Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सले घटायो नाफा सहित प्रतिसेयर आम्दानी, कस्तो छ अन्य सुचकको अवस्था ?

अर्थ संसार

शुक्रबार, ११ माघ २०८१, १० : ०४ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सले घटायो  नाफा सहित प्रतिसेयर आम्दानी, कस्तो छ अन्य सुचकको अवस्था ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको नाफा खुद घटेको छ।

चालु आर्थिक वर्षको पुस महिनासम्ममा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो  गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ३८.४१ प्रतिशतले कम हो। गत आवमा कम्पनीले साढे ८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

यो  अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि  २७.५६ प्रतिशत घटेको छ। गत आवमा १५ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवमा ११ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ

यो  अवधिमा सञ्चालन नाफा पनि १३ करोड रुपैयाँबाट घटेर ७ करोड रुपैयाँमा झरेको छ।कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेपछि खुद नाफामा दबाब परेको हो।

लघुवित्तको चुक्तापूँजी १ अर्ब ३४ करोड रहेको छ भने रिजर्भमा ३० करोड रुपैयाँ सञ्चिति रहेको छ।

लघुवित्तको प्रतिसेयरआम्दानी ४.८७ रुपैयाँले घटेर ७.७८ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १२५.३३ रुपैयाँ र खराब कर्जा ४.४४ प्रतिशत छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको