एसियन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अर्थात (वैशाख ७ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले वैशाख १८ आफ्नो वार्षिक साधारण सभा बोलाएको हो। जसको लागि कम्पनीले बिहीबार (वैशाख ८ गते) बुक क्लोज मिति तय गरेको छ । जसको कारण आजसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश सुरक्षित गर्नेछन ।
सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.५ % बोनस सेयर र कर तिर्न ०.४४७% नगद गरी कुल ८.९४७% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छ । साथै सभमा कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँबाट बढाएर ६ अर्ब रुपैयाँ पुर्याउन प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुदैँछ । अहिले एसियन लाइफको चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार रुपैयाँ रहेको र ८।५ ५बोनस वितरण पछि पुँजी ३ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।
साधारण सभा होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजे सुरु हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस