Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंको फोहोर रोक्ने पालिकाको चेतावनी

अर्थ संसार

विहीबार, ०७ बैशाख २०८०, १४ : १२ मा प्रकाशित

काठमाडौंको फोहोर रोक्ने पालिकाको चेतावनी

काठमाडौंको फोहोर धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए फोहोर राक्ने चेतावनी दिएका छन्। धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाले १५ दिनभित्र यसअघि भएका सहमति र सम्झौताहरुको कार्यान्वयन नभए फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएको हो।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै गत जेठमा सरोकारवालाहरुका बीचमा भएको सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने माग गरेका छन्।

उनीहरुले विज्ञप्तिमार्फत मागहरु १५ दिनभित्र पूरा नभए फोहोरको ढुवानी रोक्ने चेतावनी दिएका हुन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको