Like us!
Follow us!
Connect us!
Watch us!

मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह

अर्थ संसार

विहीबार, ०७ बैशाख २०८०, १६ : ५८ मा प्रकाशित

मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह

सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरेकी हुन् । 

“मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ”, उनले भनिन्, “उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला ।” 

सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि उनले आग्रह गरिन्। 

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले सो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताइन् ।-रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको