Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंक संस्थापक सेयर बिक्रिमा

अर्थ संसार

शुक्रबार, ०८ बैशाख २०८०, ११ : ४० मा प्रकाशित

एनआईसी एशिया बैंक संस्थापक सेयर बिक्रिमा

एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक तर्फको ७ लाख १५ हजार ९५० कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू ३९५ अंकित मूल्यमा उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरीदका लागि वैशाख १५ गतेसम्म आवेदन दिनुपर्नेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख १७ गते दिउँसो ३ बजे खोलिनेछ । बोलपत्र विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा खोलिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको