Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा घरको बिक्री २.४ प्रतिशतले घट्यो

अर्थ संसार

शनिबार, ०९ बैशाख २०८०, ०८ : ५५ मा प्रकाशित

अमेरिकामा घरको बिक्री २.४ प्रतिशतले घट्यो

 मार्च महिनामा अमेरिकामा घरको बिक्री २.४ प्रतिशतले घटेको ‘नेशनल एसोसिएसन अफ रियाल्टर्स (एनएआर)’ ले जनाएको छ । 

घर बिक्रीको मौसमी रूपमा समायोजित वार्षिक दर ४४ लाख ४० हजारमा झरेको छ । 

अमेरिकी अर्थव्यवस्थाको एक महत्वपूर्ण क्षेत्र रियल स्टेट बजारले गत वर्ष व्यापक आर्थिक सङ्घर्ष गर्नुपरेको थियो । विद्यमान घर बिक्री एक वर्ष पहिलेको मार्च महिनाको तुलनामा २२ प्रतिशतले घटेको छ । 

एनएआरका अनुसार औसत विद्यमान घर बिक्री मूल्य अघिल्लो वर्षको तुलनामा ०.९ प्रतिशतले घटेर तीन लाख ७५ हजार ७०० अमेरिकी डलरमा झरेको छ ।  नबिकेका घरहरूको सूची अघिल्लो महिनाको तुलनामा मार्चको अन्त्यमा एक प्रतिशतले बढेर नौ लाख ८० हजार पुगेको छ ।

एनएआरका प्रमुख अर्थशास्त्री लरेन्स युनले भन्नुभयो, “घरको बिक्रीमा सुभारको सङ्केत देखिएको छ र सुरक्षा दरमा परिवर्तनको लागि अत्यधिक संवेदनशील देखिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको