Like us!
Follow us!
Connect us!
Watch us!

विजय लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, ११ : ४३ मा प्रकाशित

विजय लघुवित्तको संस्थापक सेयर बिक्रीमा

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको १० हजार ५० कित्ता सेयर बिक्रीको लागि निवेदन दिपश्चात संस्थाले सो सेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले सेयरधनी हरि प्रसाद सापकोटाको चार हजार पाँच सय ७० र लुक बहादुर रानाको पाँच हजार चार सय ८० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थाका अनुसार उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय गैडाकोट नगरपालिका ५ मा आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको