Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, ०७ : ४९ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम मौका

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांस सुरक्षित गर्ने आज बुधबार (वैशाख १३) गते अन्तिम दिन रहेको छ । कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई  १५% बोनस सेयर घोषणा गरेको छ। 

 साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख १४ गते बुक क्लोज तोकेको छ । जस अनुसार लाभांस  सुरक्षित गर्न आज सम्म सेय रकारोबार गरि कायम हुने सेयरधनी मात्र लाभांसको हकदार हुनेचन । संस्थाले वैशाख ३० गते धुलिखेललज रिसोर्टको सभाहल, धुलिखेलमा बिहान ९ बजे आफ्नो वार्षिक साधारण सभा बोलाएको छ ।

सभमा कम्पनीको सेयर स्वामित्व परिमार्जन गरी संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% कायम गर्ने एजेन्डा पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने , गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल गर्ने,आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने जस्ता एजेन्डा सभमा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको