Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालयमा सहचिवहरूको जिम्मेवारी हेरफेर, प्रवक्ताको जिम्मेवारी धनी राम शर्मालाई

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, १२ : ०९ मा प्रकाशित

अर्थ मन्त्रालयमा सहचिवहरूको जिम्मेवारी हेरफेर, प्रवक्ताको जिम्मेवारी धनी राम शर्मालाई

अर्थ मन्त्रालयमा सहचिवहरूको जिम्मेवारी हेरफेर भएको छ। अर्थ प्रवक्ताको जिम्मेवारी धनी राम शर्मालाई दिइएको छ। प्रकाशशरण महत अर्थमन्त्री भएसँगै बजेट महाशाखाबाट जिम्मेवारी विहीन भएका शर्मालाई अनुगमन महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको हो।

यसअघि प्रवक्ता तथा अनुगमन महाशाखा प्रमुख रहेका आनन्द काफ्लेलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको जनाइएको छ। विष्णु पौडेल अर्थमन्त्री रहेको समयमा शर्मालाई योजना आयोगबाट अर्थमन्त्रालय सरुवा गरेर बजेट महाशाखा प्रमुखको जिम्मेवारी दिइएको थियो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले यसअघि नै बजेट महाशाखा प्रमुखको जिम्मेवारी उत्तरकुमार खत्रीलाई दिइसकेका छन्। योजना आयोग सरुवा भइसकेका सुमन दाहाल अहिले पनि आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा सुमन दाहाल छन्। उनले सुरुवाको पत्र बुझिसकेका छैनन्। 

वित्तीय क्षेत्र विश्लेषण संस्थान समन्वय महाशाखा प्रमुखमा भूपाल बराल र अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखमा श्रीकृष्ण नेपाल छन्। कानुन महाशाखा प्रमुखमा अर्जुन कुमार खड्का र राजश्व महाशाखा प्रमुखमा रितेश शाक्य रहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको