Like us!
Follow us!
Connect us!
Watch us!

कमजोर अवस्थामा पुगेको अर्थतन्त्रलाई सुधार गर्न सरकार लागिपरेको छः मन्त्री शर्मा

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, १३ : ०९ मा प्रकाशित

कमजोर अवस्थामा पुगेको अर्थतन्त्रलाई सुधार गर्न सरकार लागिपरेको छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको आर्थिक अवस्था कमजोर अवस्थामा पुगेकाले सरकारको ध्यान अर्थतन्त्र सुधारमा भएको बताएकी छिन् । आज (बिहीबार) प्रेस सेन्टर दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले अत्यन्त कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्रलाई सुधार गर्न सरकार लागिरहेको बताएकी हुन्।

‘‘अहिले देशको आर्थिक अवस्था अत्यन्त कमजोर अवस्थामा पुगेको छ । जसले गर्दा सरकारले सोचे अनुसार काम गर्ने अवस्था छैन,’’ मन्त्री शर्माले भनिन्, ‘‘बिग्रिएको अर्थतन्त्रको सबलीकरणमा सरकारले ध्यान दिइरहेको छ ।’’

मन्त्री शर्माले देशमा आर्थिक सङ्कट गहिरिँदै गएको हुँदा सरकारले बजेटको सिलिङ घटाएर कम लगानीमा बढी प्रतिफल दिने योजनालाई प्राथमिकतामा राख्न खोजेको समेत बताइन्।

‘‘अधिकांश स्थानमा अनावश्यक ठाउँमा लगानी गर्ने र कर्मचारी भर्ती हुँदा खर्च बढेको, अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा राज्यलाई भार बढेको छ’’, मन्त्री शर्माले भनिन्, ‘‘अनावश्यक ठाउँमा लगानी गर्नेभन्दा कम लगानीमा बढी प्रतिफल दिने योजनामा सरकारले लगानी गर्नेगरी अघि बढेको छ ।’’-Photo Source: RSS

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको