Like us!
Follow us!
Connect us!
Watch us!

बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प

अर्थ संसार

शुक्रबार, १५ बैशाख २०८०, ०७ : ०४ मा प्रकाशित

बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प

बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो । केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा पाँच दशमलव नौ र राती १ बजेर ५१ मिनेट जाँदा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे भने अहिलेसम्म एकिन हुन नसकेको बताइएको छ । 


यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको