Like us!
Follow us!
Connect us!
Watch us!

विश्व बैंकले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि १२ अर्ब बढी दिने

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, १२ : ४५ मा प्रकाशित

विश्व बैंकले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि १२ अर्ब बढी दिने

विश्व बैंकले नेपालको स्वास्थ्य गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर (१२ अर्ब ९१ करोड ६३ लाख नेपाली रूपैयाँ) ऋण सहायता दिने भएको छ । विश्व बैंक कार्यकारी सञ्चालक समितिको गत शुक्रबारको बैठकले गुणस्तरीय स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनका लागि उक्त रकम स्वीकृत गरेको हो ।

‘स्वास्थ्यमा प्राथमिकता दिएर लगानी गरेमा नेपालले सुधारिएको स्वास्थ्य परिणाम, उत्पादकत्व वृद्धि र आर्थिक वृद्धिलगायतको फाइदा लिनसक्छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले भनेका छन् ।

नेपालको स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०२२ को रणनीतिक उद्देश्यहरू हासिल गर्न सघाउन संघीय स्तरमा स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका प्रदेश र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य मन्त्रालयले उक्त बजेट खर्च गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको