Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय सडक सुधारका लागि नेपाललाई विश्व बैंकको १० करोड अमेरिकी डलर सहयोग

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, १४ : २३ मा प्रकाशित

स्थानीय सडक सुधारका लागि नेपाललाई विश्व बैंकको १० करोड अमेरिकी डलर सहयोग

स्थानीय तथा प्रादेशिक सडक सञ्जाल सुधार परियोजनाका लागि नेपाल सरकारले विश्व बैंकसँग १० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग लिने भएको छ । विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बाट सरकारले उक्त सहयोग लिने भएको हो । 

यस आर्थिक सहयोगले नेपालका प्रान्तीय क्षेत्रको कनेक्टिभिटी, दक्षता, लचिलोपन र सुरक्षामा सुधार गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ । हालैमात्र राजधानीमा एक कार्यक्रममा बिच नेपाल र आईडीए प्रतिनिधिबिच आर्थिक सहायता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएआरआईपी) पहिलो चरणमा सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका करिब १० लाख जनतालाई लाभान्वित हुने गरी करिब ३ हजार किलोमिटर सडक सञ्जालको विकास तथा सुधार गरिने बताइएको छ । 

यस परियोजना अन्तर्गत मौसमी, लचिलो र सुरक्षित प्रादेशिक तथा स्थानीय सडक तथा पुलहरूको निर्माण र मर्मतसम्भार गर्नेछ । यसले सडक तथा पुल पूर्वाधारको योजना, डिजाइन, निर्माण र मर्मत सम्भार गर्न र सेवा प्रवाहमा सुधार गर्न प्रदेश र स्थानीय सरकारहरूको संस्थागत, व्यवस्थापन र प्राविधिक क्षमतालाई सुदृढ गर्नेछ । 

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव डा रामप्रसाद घिमिरे र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका हुन् । सहरी विकास मन्त्रालय, सहभागी प्रदेश र विश्व बैंकबीच छुट्टाछुट्टै परियोजना सम्झौता पनि भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको