Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सरकार र विश्व बैंकबीच २० अर्ब ऋण सम्झौता

अर्थ संसार

मंगलबार, १३ कार्तिक २०८१, १४ : ४७ मा प्रकाशित

नेपाल सरकार र विश्व बैंकबीच २० अर्ब ऋण सम्झौता

नेपाल सरकार र विश्व बैंकबीचमा २० अर्बको ऋण सम्झौतामा हस्ताक्षर भएको छ । यसअघि नै बाढी पहिरोको विपतसँग जुध्नका लागि नेपाललाई दिने भनेर स्वीकृत भएको १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँ बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको हो । 

विपद प्रतिकार्यका लागि खर्च गर्नका लागि विश्व बैंकले १५ करोड अमेरिकी डलर बराबरको नीतिगत ऋण सहायता स्वीकृत यसअघि नै गरेको थियो ।ऋण सम्झौतामा अर्थसचिव रामप्रसाद घिमिरे र विश्व बैंका तर्फबाट क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका छन् ।

केही समय पहिलेको बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । यो क्षतिपछि स्वदेशकै निजी क्षेत्रबाट अनुदान सहायता मागिरहेको सरकारलाई दातृ निकायका तर्फबाट यो ऋण स्वीकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको