Like us!
Follow us!
Connect us!
Watch us!

उपप्रधानमन्त्री सिंह र विश्व बैंकका अधिकारीबीच भेटवार्ता

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, १४ : २८ मा प्रकाशित

उपप्रधानमन्त्री सिंह र विश्व बैंकका अधिकारीबीच भेटवार्ता

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरुबीच भेटवार्ता भएको छ ।

शहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंकसँगको सहकार्यमा सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको थियो ।

भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको भन्दै सहकार्यका लागि आग्रह गरेका थिए । मन्त्री सिंहले काठमाडौं उपत्यकाका नदीनाला व्यवस्थित गर्ने, सांस्कृतिक शहरका रुपमा उपत्यकालाई विकास गर्ने, जलवायु परिवर्तन र पूर्वाधार विकासका क्षेत्रमा सहकार्यका लागि जोड दिएका थिए ।

सो अवसरमा विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि अपरेसन म्यानेजर प्रिति अरोराले नयाँ योजनामा उपत्यकामा काम गर्ने उपप्रधानमन्त्री सिंहको प्रस्तावमा सकारात्मक रहेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको